वकिलको प्रश्न : ताजा जनादेशमा किन जाने के भारतसँग युद्ध गर्नु पर्ने हो र ?

१८ माघ, काठमाडौं । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेललेसंसद विघटनको मुद्दामा बहस भइरहेको संवैधानिक इजलासमा कानुन व्यवसायीले प्रधानमन्त्रीले भनेझैं अहिले ताजा जनादेशमा जानुपर्ने स्थिति नरहेको बताएका छन् ।
रिट निवेदकसमेत रहेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले ताजा जनादेशमा जान निश्चित विषय किटान गर्नुपर्ने बताए ।
अधिवक्ता पौडेलले अहिले ताजा जनादेशमा जानुपर्ने अवस्था नरहेको भन्दै प्रधानमन्त्रीलाई कसले असहयोग ग¥यो भनी प्रश्न गरे । प्रधानमन्त्रीलाई कसले असहयोग गर्यो ? सेनाले असहयोग ग¥यो ? दलको कुरालाई लिएर प्रधानमन्त्रीले संसदमाथि छलकपट गर्नुभयो,े ।
अधिवक्ता खिमानन्द अधिकारीले प्रधानमन्त्रीको दलमा समस्या भयो भन्दैमा संसद विघटन गर्न नपाइने बताउनु भयो । प्रधानमन्त्री वली को दलभित्र समस्या थियो । त्यहाँ उहाँको विकल्पको कुरा भयो होला । विकल्प दिने, नदिने वा खोज्ने भनेको संसदमा हो । तर उहाँ (प्रधानमन्त्री) छोराले अंश माग्दा बाबुले छोरै सिध्याउछु भने जस्तो गर्नुभयो अधिवक्ता अधिकारीले भन्नुभयो ।