खानेपानी मन्त्रीले मागे माफी

१८ माघ, काठमाडौं । खानेपानी मन्त्री मणि थापाले हिजो शनिबार नेकपा ओली समूहको पार्टी कार्यक्रममा सुर्खेतमा आफूले श्री ५ को सरकार भनेकोमा क्षमा मागेका छन् ।

आज आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भुलवस ती शब्द प्रयोग भएको बताएका हुन् ।

शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नु पर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै द्वुविधा नराखिदिनुहुन अनुरोध गर्दछु । मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलवस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।

हिजौ त्यतिखेर नै मन्त्री थापको त्यस खालको बोलीको सामाजिक सञ्जालमा व्यापक बिरोध भएको थियो ।