आजको मौसम पूर्वानुमान यस प्रकार छ

१८ माघ, काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।

महाशाखाले अहिले देशभरको मौसमको अवस्थाबारे जानकारी दिँदै देशको पहाडी भूभागका थोरै स्थानहरुमा र तराईका अधिकांश भूभागहरुमा हुस्सु र कुहिरो लागेको बताएको छ । भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसो प्रदेश न। १ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यता, प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।