स्पेनमा एकै दिन ८४९ जनाको मृत्यु

एजेन्सी
१८ चैत, काठमाडौं । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का कारण ८४९ जनाको मृत्यु भएको छ । यो कोरोना भाइरसबाट स्पेनमा एकैदिनमा अहिलेसम्मकै धेरै मानिसले ज्यान गुमाएका हुन् । यससंगै मुलुकभर ज्यान गुमाउने मानिसको संख्या ८ हजार १८९ पुगेको छ ।
स्पेनका विदेशमन्त्रीले बिस्तारै कोरोना भाइरस संक्रमितको संख्यामा बिस्तारै कमी आउने अपेक्षा गरेको भोलिपल्ट स्पेनमा अहिलेसम्मकै सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका हुन् ।
स्पेनको स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८९१ संक्रमित थपिएका छन् । अहिलेसम्म स्पेनमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ९४ हजार ४१७ पुगेको छ ।