केपी ओली बिग्रिए भनेर धेरै चिन्ता नगर्नुहोस् । केपी ओली सुध्रिनेवाला छैनन्, बिग्रिसकेका छन्

१७ माघ, धनगढी । आज शनिबार धनगढीमा आयोजित प्रचण्ड–नेपाल पक्षको बृहत बिरोध सभामा बोल्दै नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले राम्ररी पार्टी चलाउन नसकेका कारण समस्या निम्तिएको बताएका छन् ।

‘कुर्सीको तानातानका लागि होइन, न त ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन खोज्दा नै हो, समस्याको कुरो चुरो भनेको नै ओलीले राम्ररी पार्टी चलाउन नसक्नु हो ।

साथै उनले ओलीलाई सुधार्नका लागी धेरै प्रयास गरे पनि सफल नभएको बताए ।

‘केपी ओली बिग्रिए भनेर धेरै चिन्ता नगर्नुहोस् । केपी ओली सुध्रिनेवाला छैनन्, बिग्रिसकेका छन् । धेरै सम्झाउन खोज्यौं, धेरै सुधार्न खोज्यौं तर सकेनौं,’ उनले भने ।

नेपालले केपी ओली सरकारले निर्मला पन्तको हत्यारा पत्ता लाउन काम नगरेको बताए ।

ओली सरकारकै बेला कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

त्यो घटनाका दोषीलाई कारबाहीका लागि पार्टीमा कुरा भएको नेपालले बताए ।

केपी ओलीको सरकारले त्यता ध्यानै नदिएको आरोप लगाए ।

‘निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा ओली सरकारको पहिलो गाँसमै झिंगा पसेको मैले मनमनै सोचेको थिएँ उनले भने ।