‘मैले त सुदूरपश्चिमका साथीहरूलाई ठूलो नेता यही हो भनें तर अहिले दलालको पनि दलाल भए

१७ माघ, धनगढी । प्रतिनिभिसा सभा बिघठनको बिरुद्धमा सडक आन्दोलनमा होकिएको नेकपा प्रचण्ड–माधव समूहले आज सुदूरपश्चिमको धनगढीमा बृहत जनसभा गरेको छ । आज धनगढीमा सभालाई सम्बोधन गर्ने क्रममा नेपपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा मात्र होइन, सडकमा पनि एक तिहाई भएको दाबी गरेका छन् ।

‘केपी ओली पार्टी केन्द्रीय कमिटीमा त एक तिहाई पनि छैन, तर सडक मेरो हुन्छ भन्ने गर्नुहुन्थ्यो । अस्ति धनगढीमा सभा गरेपछि उहाँको फुर्ती बढेकै थियो’ शनिबार धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रचण्ड भने, ‘आज तपाईहरुले सडकमा पनि केपी ओली एक तिहाई नै हो भन्ने सावित गरिदिनुभयो ।

जुर्मुराएको सुदूरपश्चिमले तानाशाहविरुद्ध झुक्दै नझुक्ने सन्दशे दिएको समेत उनले बताए ।

अध्यक्ष प्रचण्डले भने,ं संसद विघटन नभएको र केपी ओलीको सरकार चाहिँ विघटन भएको बताए ।

सर्वोच्च अदालतले संविधान हेरेर निर्णय गर्छ भन्ने विश्वास भएको प्रचण्डले बताए ।

‘अदालतमा यो मुद्दा नभएको भए संसद बोलाउथ्यौं, ओलीलाई कारबाही गर्थ्यौं, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि यो कदमलाई अलोकतान्त्रिक भनेका छन् ।
अध्यक्ष प्रचण्डले विकल्पका रुपमा सभामुखले बैठक बालाउने, दुई तिहाइले प्रधामन्त्रीले राष्ट्रघात गरेको प्रमाणित गर्न सक्ने बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टतिर संकेत गर्दै उनी दलालको पनि दलाल भएको बताए ।

आफूले नै अवसर दिएर पटक–पटक मन्त्री बनाएको मान्छे अहिले त सोच्नै नसकिने गरी कता हो कता गएको दाहालले बताए ।

‘मैले त सुदूरपश्चिमका साथीहरूलाई ठूलो नेता यही हो भनें तर अहिले दलालको पनि दलाल भए ।
पत्याइनसक्नु यो देखेर सुदूरपश्चिमका जनता उतै जान्छन् कि भनेर दुई चार रात टेन्सन नै भएको दाहालले बताए ।

बोल्ने क्रममै अध्यक्ष प्रचण्डले सुदूरपश्चिमका ९५ प्रतिशत नेताहरू आफ्नो पक्षबाट नहल्लिएको समेत बताए ।