तीन दिनमा फेरिएको प्रधानमन्त्री ओलीको बोली

१७ माघ, चितवन । भारतबाट १० लाख खोप अनुदानमा पाएपछि नेपालले १४ माघमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गरी देशभरमा लागू गरेर खोप लगाइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिन अघि कोरोना विरुद्धको खोपको अभियान सुभारम्भ गर्दै भनेका थिए तीन महिनाभित्र सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप दिने आफ्नो बाचा फेरेका छन् ।

तर प्रधानमन्त्रीले आफैले बोलेको त्यो भोली ठिक दिन आज फेरिएको छ । आज शनिबार चितवनमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीले खोपबारे बोली फेरेका छन् । अबको तीन महिनाभित्र फ्रन्टमा काम गर्नेहरुलाई खोप दिने भन्दै उनले भनेका छन्, बाँकी जनतालाई क्रमशः २०२१ भित्र खोप लगाएर कोभिड–१९ लाई नेपालबाट भगाउँछौं, बाँकी विश्वले पनि भगाउँछ भन्ने विश्वास लिएका छौं ।

तर सरकारी अधिकारीहरुले नै खोप चरणवद्ध रुपमा प्राप्त हुने भएकाले नियमित अभियान चलाउँदा पनि जनसंख्याको ७२ प्रतिशत (बालबालिका बाहेक) लाई खोप दिन एक वर्षभन्दा बढी समय लाग्ने बताएका थिए । साथै भारतले अनुमादानमा दिएको १० लाख बाहेक बाहेक थप खोप आउने सुनिश्चित समेत भएको छैन ।