Breaking News

लोकन्थलीमा मध्यराती पैदलयात्रीलाई ठक्दर दिने सवारी फरार, घाइते हिजो राती नै मृत्यु

१५ माघ, काठमाण्डौ । भक्तपुरको लोकन्थलीबाट कोटेश्वर जाने लेनमा हिजो बुधबार मध्यराति एक जना पैदल मानिसलाई ठक्कर दिएर सवारीसाधन फरार अवस्थामा छ ।

ठक्करबाट घाइते भएका ती पुरुषको हिजो बुधबार मध्यराति नै मृत्यु भइसकेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मध्यराति ठिमी नगरपालिका–१ स्थिति लोकन्थली मनहरा सडकखण्डमा अधवैंशे पुरुष घाइते अवस्थामा भेटिएका थिए ।

उनलाई मध्यपुर ठिमी अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको टाउको, हातखुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोटपटक थियो ।

परिसर प्रवक्ता दीपक गिरीका अनुसार ती अधवैंशे पुरुषको नाम, थर, ठेगाना केही पनि खुलेको छैन ।

उनीसँग परिचय खुल्ने केही कागजात र मोबाइलसमेत नभएको गिरीले बताए ।

कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएका करिब ५० वर्षका ती व्यक्तिको शव पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज लगिएको छ ।

सवारीसाधनले ठक्कर दिएको यकिन भए पनि दुर्घटना गराउने साधन अहिलेसम्म फेला नपरेको उनले बताए ।

‘ट्राफिक प्रहरीलाई भनिएको छ, राजमार्गमा राखिएका सिसिटिभी फुटेज निकालेर अनुसन्धान थालिएको छ ।