बिश्वका बढी तलब खाने फुटबल खेलाडी

एजेन्सी
१८ चैत, काठमाडौं । बिशभरी फैलिएको कोरोना भाइरसका कारण विश्वभरका खेलकुद गतिविधि ठप्प छ । अब फेरि कहिले शुरु हुन्छ थाहा छैन । यसबाट चर्चित खेल फुटबल धेरै मारमा परेको छ ।

युरोपलगायत ठूला देशका लिग, क्लब खेलाडीलाई कोरोनाले आर्थिक असर परेको छ । तर विश्व फुटबलमा नाम चलेका खेलाडीहरुको तलब भने धेरै छ । अहिले फुटबल स्थगित भएकोले धेरै खेलाडीको तलब कटौती गरिएको छ ।
स्पेनिस पत्रिका मार्काले कोरोना महामारीपछि पनि क्लबहरुले खेलाडीलाई त्यही तलब दिन सक्ला वा घटाउला भनेर प्रश्न गरेको छ । यसै सन्दर्भमा फ्रान्स फुटबल म्यागाजिनले वर्तमान विश्व फुटबलमा धेरै तलब खाने २० खेलाडीको सूचीमा सार्वजनिक गरेको छ ।
जसमा विश्व फुटबलमा नाम चलेका बार्सिलोनाका लिओनल मेसी पहिलो र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् । यस्तै पेरिस सेन्ट जर्मन (पीएसजी) का नेयमार तेस्रो र रियल मड्रिडका गारेथ बेल चौथो स्थानमा छन् ।
मेसी र रोनाल्डोको तलब चौथो स्थानको बेल र पांचौ स्थानको एन्टोनी ग्रीजमनको भन्दा झण्डै तीन गुणा बढी छ ।
यी हुन धेरै तलब पाउने शीर्ष २० फुटबल

१. लियोनल मेसी ः १३१ मिलियन युरो
२. क्रिष्टियानो रोनाल्डो ः ११८ मिलियन युरो
३. नेमार ः ९५ मिलियन युरो
४. गारेथ बेल ः ३८.७ मिलियन युरो
५. एन्टोइन ग्रीजमन ः ३८.५ मिलियन युरो
६. एडेन हाजार्ड ः ३५ मिलियन युरो
७. आन्द्रेस इनिएस्टा ः ३४ मिलियन युरो
८. रहिम स्ट्रलिङ ः ३३.८ मिलियन युरो
९. रोवोर्टो लेवान्डोस्की ः २९ मिलियन युरो
१०. किलिएन एमबाप्पे ः २७.६ मिलियन युरो
११. लुइस सुअरेज ः २७ मिलियन युरो
१२. जेरार्ड पिके ः २७ मिलियन युरो
१३. टोनी क्रुस ः २६.४ मिलियन युरो
१४. फिलिप कुटिन्हो ः २६ मिलियन युरो
१५. ओस्कार ः २६ मिलियन युरो
१६. एलेक्सिज सान्चेज ः २५.८ मिलियन युरो
१७. मेसुट ओजिल ः २५.७ मिलियन युरो
१८. केभिन डे ब्रुएना ः २५.६५ मिलियन युरो
१९. सर्जियो अगुएरो ः २५.३ मिलियन युरो
२०. डेभिड डे हेअ ः २४.८ मिलियन युरो