अमेरिकाद्धारा भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह

एजेन्सी

१४ माघ, काठमाडौं । अमेरिकाले ट्राभल एडभाइजरी जारी गर्दै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ ।

बाइडन प्रशासनले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको हो ।

अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान भनेको छ । किनभने आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको भनाइ छ ।

भारत–पाकिस्तानको सीमा क्षेत्रमा बेला–बेलामा गोलीबारी हुने गरेको छ ।