वडाध्यक्ष बमको पहलमा पलाताकी एक सुत्केरीको हेलिपप्टर मार्फत् उद्दार

१३ माघ, कालिकोट । पलाता गाउँपालिका वडा नं ५ का वडाध्यक्ष बीरबहादुर बमले घरको आँगनमै हेलिकप्टर बसाली एक सुत्केरी महिलाको ज्यान जोगाएका छन् । पलाँता गाउँपालिका–५ की २२ बर्षीया निरु विकले बच्चा जन्माउन नसकेपछिे अत्याधिक रक्तश्राब भई मृत्युको मुखमा रहेकी विकलाई वडाध्यक्ष बमले उपचारको लागी नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरेका हुन् ।

पेटमै मरेको बच्चा जन्माएकी निरुले दुई दिनपछि अत्याधिक रगत बग्न थालेपछि उनलाई गाउँमै उपचार सम्भव भएन । रगत बग्दैको अवस्थामा पालिकास्थित स्वास्थ्य संस्थामा लगिए पनि उपचार सम्भव नभएपछि उनको हेलिकप्टर मार्फत उद्धार गरिएको उनका आफनतले बताएका छन् । बच्चा जन्माइसके पछि अत्याधिक रगत बगेर ज्यान जाने खतरा देखिएपछि वडाध्यक्ष बीरबहादुर बमले पलाता उनकै घरमै हेलिकप्टर बसालेर उद्धार गरेका थिए । सुत्केरी संगै गृहमन्त्री रामबहादुर थापा बादल संगै सुत्केरीको उद्धार गरीएको हो । वडाध्यक्ष बमले सहयोगका लागि कालिकोट प्रमुख जिल्ला अधिकारीसंग समस्या बताएपछि सुत्केरीको उद्धार गरी ज्यान जोगाएको बमले बताए छन् ।

नागरिकको ज्यान जोगाउनु हामि सबैको कतव्य हो । त्ययसका बढी मात्रामा जन प्रतिनिधिको दायित्व हुन्छ । आफु जनताको सेवामै निरन्तर लागिरहेको पनि बताए । समयमै उपचार नपाएर यो भन्दा पहिले संयौँ सुत्केरी आमाको ज्यान जाने गरेको थियो । अहिले राष्ट्रपति उत्थान कार्यक्रम आएपछि सुत्केरीको ज्यान जोगिएको छ ।