देशभर ३०३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि

१३ माघ, काठमाण्डौ । देशभर ३०३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका छन् ।
देशभरका प्रयोगशालामा ४ हजार ५७४ जनाको परीक्षण गर्दा १३० जना महिला र १७३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६४ हजार ८२३ जना संक्रमणमुक्त भएका छन् भने २०१७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३ हजार २५२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २ हजार ५०३ जनाको होम आइसोलेसनमा छन् भने ७४९ जनाको आईसीयू र १३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।