जनयुद्धका घाइते, अपांग लगायत पूर्व जनमुक्तिसेनाको व्यवस्थापन गर्न मन्त्रालयबाट निर्णय भइसकेको छ

गृहमन्त्री, राबहादुर थापा (बादल)

१२ माघ, मान्म (कालिकोट) । नेपाल कम्युनिष्ट पार्टी नेकपा कालिकोटले आज कालिकोटको सदरमुकाम मान्ममा आयोजना गरेको सभामा नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल) ले जनयुद्धका घाइते, अपांग लगायत पूर्व जनमुक्तिसेनाको व्यवस्थापन गर्न मन्त्रालयबाट निर्णय भइसकेको बताएका छन् ।

गृहमन्त्री थापाले अगाडी भने, ,सशक्त द्धन्द्धमा रोल्पा, रुकुम पछिको प्रभावित जिल्ला कालिकोट भएकाले यहाँ घाइते, अपांग, विस्थापित हरुको संख्या बढी नै रहेकाले उनीहरुको व्यावस्थापन तर्फ आफुहरु लागि रहेको बताएका छन् । द्धन्द्धमा कालिकोटबासीको महत्वपूर्ण योगदान रहेको र त्यस बेलाका युद्धको नेतृत्व गरेर कमाण्डर प्रचण्ड सरकारमा पटक पटक गएपनि यौद्धाको व्यवस्थापन गर्न नसकेको भन्दै अब वर्तमान केपी ओली नेतृत्वको सरकारले गर्ने गरी मन्त्रालय बाटै निर्णय भइसकेको बताउन भ्याएका थिए ।

मन्त्री थापाले, कुर्षिका लागी गरिएको लडाईको मुख्य अभियन्ता प्रचण्ड अहिले सडकमा समेत बताए । अर्को समूह प्रतिवन्धित विप्लव समूह पनि राजनीतिक मुलप्रवाहमा आउने समेत बताए ।

सभामा नेकपा ओली समूहका पार्टी सचिव तथा केन्द्रिय सदस्य नगेन्द्र शाही नेशनल को अध्यक्षतामा भएको सभामा गृहमन्त्री रामबहादुर थापा (बादलको ) प्रमुख आतिथ्यतामा गरिएको थियो । त्यस्तै कार्यक्रममा नेकपा कर्णाली प्रदेश कमिटी सह इन्चार्ज यामलाल कंडेल, नेकपा केन्द्रिय सदस्य तथा स्वास्थ्य राज्यमन्त्री नवराव रावत, नेकपा कर्णाली प्रदेश कमिटि अध्यक्ष गोरख वोगटी, केन्द्रिय सदस्य तथा राष्ट्यि योजना आयोगका सदस्य मिनबहादुर शाही, लगायतककाहरुको सहभागितामा सभा भएको थियो ।

सभामा बोल्ने क्रमामा गृहमन्त्री थापाले सरकारले बैशाखमै चुनाव गर्ने गरी व्यापक तयारी थालेको बताए । निर्वाचनका लागि अदालतले छिटो फैसला गरे सरकार, निर्वाचन आयोग र सुरक्षा निकाय तयारीमा जुट्ने समेत बताएका छन् ।

एक फरक प्रशंगमा गृहमन्त्री थापाले निर्मलाको बलात्कार पछि हत्या गर्ने अपराधी ढिलोचाँडो कानुनी दायरामा आउने बताए । उनले भने, नेपाल प्रहरी झण्डै ९५ प्रतिशत अपराध अनुसन्धानमा सफल भएको छ । कतिपय घटनाहरु अनुसन्धानमा समय लाग्छ । निर्मलाको हत्यारा खोजी गर्न समय लागेको हो ।

मन्त्री थापाले आफु संगै जनयुद्ध लडेका प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लव समुहका प्रवक्ता खडकबहादुर विश्वकर्मा क. (प्रकाण्डलाई) सम्झिएका छन । उनले, भने, यहि माटोमा नेता प्रकाण्ड र राष्ट्रगुरु योगी नर्हरीनाथ जन्मेको स्मरण गरेका छन, फरक धारमा रहेपनि क. प्रकाण्डले देश र जन्ताका लागी गरेको योगदानको चार्चा गर्न समेत भ्याएका थिए ।