बागमती प्रदेश लोकसेवा आयोगद्धारा १ सय ४९ जना अधिकृतस्तरको छैटौं तहका कर्मचारी माग

१२ माघ, काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगले प्राविधिक तथा अप्राविधिक दुवै तहको छैटौं तहमा खुला तथा समावेशी प्रतिस्पर्धामार्फत आवदेन माग गरेको छ ।

आयोगले आज सूचना निकाल्दै सामान्य प्रशासन, लेखापरीक्षण, तथ्यांक, शिक्षा, सिभिलल, आर्किटेक्ट, वातावरण, कृषि, वागवानी, भेटेरेनरीलगायत समूहमा विज्ञापन खुलाएको हो । आयोगले १ सय ४९ जना अधिकृतस्तरको छैटौं तहका कर्मचारी माग गरेको हो ।

फागुन २ गतेभित्र सिंगल दस्तुर र फागनु ९ गतेभित्र अनलाइनमाध्यम बाट फारम भरिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी आयोगले बढुवाको सूचना पनि निकालेको छ ।