नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका मोरङ जिल्ला ईन्चार्ज हतियार सहित पक्राउ

८ माघ, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका मोरङ जिल्ला ईन्चार्ज हातहतियारसहित पक्राउ परेका छन् ।

हिजो दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका(४ बाट संखुवासभा मादी नगरपालिका(४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईका अनुसार बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न हुँदै आएका
थिए ।

लामो समयदेखि प्रतिवन्धित नेकपा विप्लव समूहमा आवद्ध रहेका उनी मोरङ जिल्ला ईन्चार्ज हुन् ।

उनको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल एक थान, म्याग्जिनमा लोड गरेको अवस्थामा प्ँ ठ।टछ लेखिएको गोली ३ थान , सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान, कलर्स मोबाइल एक थान र सिमकार्डहरु बरामद गरेको छ ।