जो बाइडेनद्धारा अमेरिकाको ४६ औं राष्ट्रपति पदको सपथ

एजेन्सी

८ माघ, काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ४६ औं राष्ट्रपति पदको सपथ लिएका छन् । संसद् भवन (क्यापिटोल हिल) मा उनले पदको सपथ लिएका हुन् । सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका थिए ।

हिजो बुधबार ४६ औं राष्ट्रपति पदको सपथ लिएलगत्तै बाइडेनले आजको दिन लोकतन्त्र दिन भएको बताए । उनले आजको दिन अमेरिकाको दिन भएको बताउँदै यो इतिहास र आशाको दिन भएको बताए । बाइडेनले भने– ‘अमेरिकाको धेरै पटक परीक्षा भएको छ र यो निकै चूनौतिहरुका साथ उभिएको छ । आज हामी एक जना उम्मेद्वारको जित मनाउन होइन, प्रजातन्त्रको जित मनाइरहेका छौं ।’

बाइडेनले एकताका पक्षमा सधैं उभिने बताएका छन् । उनले भने, ‘यो अमेरिकाको दिन हो । यो लोकतन्त्रको दिन हो । यो आशाको दिन हो । आज हामी कुनै उम्मेदवारको खुसीयाली मनाउन जुटेका होइनौं, हामी लोकतन्त्रका लागि जुटेका हौं । हामीले फेरि एकपटक बुुझेका छौं कि लोकतन्त्र अमूल्य छ र नाजुक पनि छ, तर लोकतन्त्र यहाँ कायम छ ।

उनले संसद् भवन आक्रमणको घटनाबारे पनि बोले । ‘केही दिनअघि यहाँ भएको हिंसाले सबैलाई हल्लाइदिएको थियो, जबकी दुुई सय वर्षदेखि सत्ताको शान्तिपूर्ण हस्तान्तरण भइरहेको थियो,’ उनले भने । आफ्नो सम्बोधनमा बाइडेनले ट्रम्पको नाम लिएनन्, तर धन्यवाद् भने दिए । ट्रम्पले बाइडेनको सपथ समारोह बहिस्कार गरेका थिए । जबकी, पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्ल्युु बुुस र बाराक ओबामा भने सहभागी थिए । ‘म दुुबै दलका पूर्व राष्ट्रपतिहरुलाई धन्यवाद दिन चाहन्छु । ती राष्ट्रपतिलाई पनि सलाम, जो यहाँ आएनन्, तर उनलाई अमेरिकाको सेवा गर्ने मौका मिल्यो ।’

कमला ह्यारिसले पनि लिइन् सपथ

समारोहमा बाइडेन भन्दा अघि अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले पदको सपथ लिइन् । सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयरमार्फत उनले सपथ लिएकी हुन् । जमैकन बाबु भारतीय आमाकी छोरी कमला अमेरिकी इतिहासमा उपराष्ट्रपतिमा विजयी हुने पहिलो महिला हुन् । उनी अफ्रिकी–अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति तथा एशियाली– अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति हुन् ।