चन्द्रागिरी हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) भोलि बाट बाँडफाँट हुने

८ माघ, काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) भोलि शुक्रबारबाट बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर बिक्री तथा निष्काशनको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले भोलि शुक्रबार बाँडफाँट गर्ने जानकारी दिएको छ ।

कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो ।

आईपीओमा आवेदन दिएका मध्ये १२ लाख ११ हजार ११५ जनाकोमात्रै आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ । यसको अर्थ ४० हजार भन्दा धेरै आवेदकको आवेदन रद्द भएको छ ।
कम्पनीको आईपिओमा १२ लाख ५१ हजार १० जना आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा १७.५३ गुणा बढी हो ।
कम्पनीले ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता आइपीओ कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बाँकी १३ लाख ९६ हजार २२ कित्ता आईपीओ सर्वसाधारणको लागि छुट्याइएको कम्पनीले जनाएको छ । माग भन्दा धेरैको आवेदन परेका कारण अधिकांशले सेयर नपाउने देखिएको छ ।