देशभरमा २४० जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि

३ माघ, काठमाण्डौ । आज देशभरमा २४० जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा ३ हजार ८१९ नमुना परीक्षण गर्दा ८७ महिला र १५३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । उनीहरुमध्ये २ लाख ६१ हजार ४४ जना संक्रमणमुक्त भएका छन् भने १९५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ४ हजार ५८ संक्रिय संक्रमित छन् ।