राष्ट्रिय चाँड “माघे संक्रान्ती” मगर जाती एक चर्चा

परिचय :—
नेपालमा सूचीकृत आदिवासी जनजातीहरुमा सबैभन्दा बढी जनसंख्या रहेको मगर जाती नै हो भन्ने कुरा सबैलाई जानकारी छ । राज्यको मुलधारमा क्रियाशील रहदा देशका सबै जिल्लामा फैलिएर बसोबास गरेका कारण अन्य संस्कृतिको प्रभाव पर्नु स्वभाविक हो । हाल नेपाल
मगर संघ नामक संस्थाले गोलबन्द बन्ने अवसर प्रदान गरेकोले गौराम्बित गर्नु पर्दछ ।

मगर जातीको उत्पति :—
“मगर” भन्ने चलन पछि विकास भएको हो । खासगरी यो जाती पूर्वी रुकुम जिल्लामा पर्ने पुपाल बुकीको हुकाम मैकोईमा पर्ने यो मा खार र पेल्मा खार पु (ओडार) मा विकास भएको किम्बदन्ती मानिन्छ । यो मा को अर्थ अरिङगाल र “पेल्मा” को अर्थ जौ हुन्छ र खार को अर्थ छेदा वा भञ्याङ हो ।. जौंलाई हाम्रो भाषामा, अन्न हो । जानकारीमा आएको नै ओडारको नाम पनि “पेल्मा खार पुजौं हर्ने ओडार रहेको मानिन्छ पहिलो जौ बाली शुरु गर्दा भुटर छर्दा नउम्रे पछि काचो छर्न थालेको भनिन्छ । असौज, कार्तिकमा छरेको जौं हिउ र तुसारोले छोपेर माघ, फागुनमा टुसा निकालेर जेठ, असारमा पाक्ने मुख्य बालीको रुपमा मानिन्थ्यो ।

बारीमा छर्नु भन्दा अगाडि बिउ ख्यारो गर्न अध्यारो ओडमा छरेको पहेलो आकर्षक रंगमा अम्रिन्छ । त्यही राम्रो रंग देखेर दशैको जमारा बनाउन थालेका हुन् भनिन्छ । स्मरण गर्नु पर्ने कुरा गोरखा राज्यको राजधानी काठमाण्डौँमा स्थापना गरेको बखत श?मा दशै चाड चैते दशै मान्ने गरिदो रहेछ । चमाराको महत्व बुझेर नै वर्षा मास असौज याममा सरिएको भनिन्छ ।

उघेली र उभेलीः—

मगर परम्मरामा उघेली र उभेली दुइ याम मानिन्छ । सावन देखि पुस सम्म उघेली याम जुन बेला हामी नचा?, पैःयास सरङ्ङया, सिङस, घोचा, जुगी, पुरुसुङगे, सोरठी, मारुनी, जोरा, दाम्फया, घातु नाँनहरुमा महिला पुरुष सहमागी भइ विघि विघान अनुसार नाँचिन्छ ।
नाँच्ने याम भएकोले तिहारमा देउसी भैलो संस्कृति पनि जोडिएको हो ।

माघदेखि असार सम्म उभेली याम भनिन्छ . सावनदेखि पुष सम्म मादल बजाएर विभिन्न नाँचहरु नाँचेर समाप्त भए पछि माघ देखि असार सम्म औपचारिक नाँचहरु नाँचिने हुदा मादल बाजा बन्द गरी राखिन्छ रु माघदेखि चाराखेल आरम्भ गरिन्छ . गर्मीमा जनावर रुखको हारोर पानी नजिक आउदा शिकार खेल्न सुविधा पर्ने हुनाले युवाहरुलाई शिकारी बनाउन प्रशिक्षण दिनका लागि तारा खेल खेलाइन्छ ।

माघे सकराती चाड र मगर जाति बीच सम्बन्ध :—

शब्द प्रयोग :— माघे सकराती, माघ, माघे संकाई, माघे सकरात नामबाट हाम्रो सामाजमा चाडको रुपमा चिनिन्छ ।

चेतना अभाव :— माघि, माघे सक्रान्चि भनिन्छ. । “माघी” भनेको थारु चलन हो र “सक्रान्चि” भनेको संस्कृत भाषाको उचारण हो ।
कसरी मनाइन्छ ?

आदिवासी भएको कारणले आदिम भुमिमा पाइने माछा, मासु तरुल, पिडालु, दाल, गिठा आदि वस्तुहरु २–४ दिन पहिले देखि जम्मा गरी पुष मसान्तको दिन रातभरी पकाएर राखिन्छ ।
सङ्काराईको दिन सबेरै उठेर पघेरा, खोला, नदी, पोखरीमा नुहाउन गइन्छ । पानीको पूजा गर्न दही चामलको टिका, गोबर र जो लगेर गइन्छ । नुहाएर पानी नजिक गोबर टाँसेर त्यसमा टिका चढाएर जौे घुसारिन्छ ।
पानीको पूजा परिवारका सदस्य जसले गरे पनि हुन्छ । महिलालाई महिनाकारी भएको भनेर छेकबार हुदैन । घरमा कन्या छोरीहरुले घुरी खम्बा र चुलोमा तीनी सामग्रीले पूजा गरिन्छ ।
दिदी–बहिनीले दाजु–भाईलाई दही, चामलको टिका र जौ लगाई दिइन्छ । माघे सक्ररातीको प्रयोगको लागि बारीमा पहिलो छरेको जौं नै प्रयोग गरिन्छ ।

दाजु–भाई र दिदी–बहिनी बीच ठूलो स्नेह, माया जोडिएको मानिछ र दिदी–बहिनी जो छेउमा छन्, ओछयान लगाएर बःााती तयारी खाने कुरा र चामल तथा केही पैसा दिइन्छ त्यस अवसरमा दिइने सामाग्रीलाई खिन्चरी, पछेन्दरा भनिन्छ । हरेक घरले एब आपसमा दिदी–बहिनीहरुको नाममा खिन्चरी÷पछेन्दरा पुराउने गरिन्छ । विवाहित चेलीलाई सक्दो छिटो पुराइन्छ । कन्या छोरी नभएको द्दरमा छिमेकी कन्याले धुरी खम्बा र चुला पूजा गरिदिने गरिन्छ । खिन्चरी चामल जति छ । माघ महिना भित्र खाएर भ्याउनु पर्छ । माघ महिना भरी भेटेका दाजु–भाइले गच्छे अनुुसार केही रकम दिदी–बहिनीलाई दिन खुशी मान्ने गरेको पाइन्छ ।

गाँउमरी नै खिन्चरी÷पछेन्दरा दिदै शब्दलै होइन, सामाग्रीले शुभकामना आदान प्रदान गरेर खाना खाएर पुरुषहरु तारा खेल, गोददे खेल, तर्फ लाग्छन महिलाहरु ब्याउला (पुतली) जलाउने तर्फ रमाईलो गर्छन् । कुनै गाँउमा जवान तरुनी तन्नेरीहरु मोसो दल्ने दल्ने र सिस्नु हान्ने जता कडा मनोरन्जन पनिगर्छन् । माघ महिना भरी नै दिदी–बहिनीहरु खिन्चरी खान जाने माइती घरको माया बोकेका हुन्छन र कहिले काँही जामफ सवाल पर्दा तिमी मेरो दाजु–भाइको संझने ठाँउ छ । खिन्चरी दिएका छौं ? पनि भन्छन् भने तिमी दाजु भाइ चिनेका छौं ? खिन्चरी खान कहिले आएको छौं । दाइ संझेर वा भाइ संझेर ? यो बाक्यले गहिरो पे्रम भाव प्रकट दिन्छ ।