ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अवस्था आयो

अध्यक्ष, माधव नेपाल

१ माघ, काठमाण्डौ । दुई चिरामा रहेको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि घोषणा गरेपछि प्रचण्ड–ओली समूहले बहुमत सदस्यको बैठक राखेर ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।

त्यसपछि पनि गुटगत गतिविधि गरेको र अनुशासन उल्लंघन गरेको भन्दै नेता नेपालले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, ‘थप कारबाही गर्नुपर्ने अवस्था बनिरहेको छ । स्थायी कमिटीको बैठकले गम्भीर छलफल गर्छ ।’

ओली समूहले यो नेकपाको आधिकारिक आफूहरु नै भएको दाबी गरेको छ । र, नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ ।