प्रधानमन्त्री ओलीले अन्तर्वार्ता दिएको जी न्यूजले भन्यो सगरमाथा भारतीय नाम दिने अभियान थालेको बतायो

२९ पुस, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अन्तर्वार्ता दिएको भारतीय टेलिभिजन च्यानल जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथालाई भारतीय नाम दिने अभियान थालेको छ ।

प्रधानमन्त्री ओलीको अन्तर्वार्ता बजाएको अर्को दिन उक्त च्यानलले सगरमाथामा भारतीयले दावा ठोक्नु पर्ने भन्दै सामग्री प्रसारण गरेको छ।

प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने र सगरमाथामा दावा प्रस्तुत गर्नुपर्छ भन्ने व्यक्ति एकै हुन् जी न्यूजका सम्पादक सुधीर चौधरी ।

प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिन गत आइतबार काठमाडौं आएका चौधरीले हेलिकप्टरमा सगरमाथा आधार शिविर पुगेको बताएका छन् ।

मंगलबार राति प्रशारण भएको कार्यक्रममा उनी भन्छन् त्यहाँ उभिएर हामीले यस (सगरमाथा) को नाम परिवर्तन गर्न अभियान सुरू गरेका
छौं ।

उनले सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्छ । भारतीय गणितिज्ञ राधानाथ सिकदर सगरमाथाको उचाइ नापेकाले उनको नाममा सगरमाथाको नामाकरण हुनु पर्ने उनको तर्क छ ।

’माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ भन्ने अभियान हामी आजबाट सुरू गर्दैछौं । हाम्रो यो यात्रा त्यही अभियानको एउटा महत्वपूर्ण हिस्सा हो,’ उनी भन्छन्,’संसारलाई सगरमाथाको उचाइ पहिलोचोटि बताउने राधाकृष्ण सिकदरलाई अहिलेसम्म जस दिइएको छैन । अब भारतले आफ्नो यो दाबा ठोक्नुपर्छ ।’

ं माउंट एवरेस्ट का असली नाम ’माउंट सिकदर’ होना चाहिए, क्यों ?
ं किसान आंदोलन की सुप्रीम अवमानना का
उनले दर्शकहरूलाई जी न्यूजको यो अभियानमा सरिक हुन र आफ्नो तर्फबाट सामाजिक सञ्जालमार्फत् सगरमाथाको नाम परिवर्तनको अभियान चलाउन आह्वान पनि गरेका छन् ।