प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ

२८ पुस, काठमाण्डौ । गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा उनीविरुद्ध जाहेरी दिएको आधारमा प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले बताएका छन् ।