Breaking News

‘स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने ?

२५ पुस, काठमाडौं । नेकपा आफ्नो पक्षका युवा संघका अगुवा कार्यकर्ता भेलालाई आज प्रज्ञाभवनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आपत्ति जनाएका छन् । साथै उनले अदालतलाई नधक्याउन सचेत गराएका छन् ।

‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेका छन् । म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरु जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।

उनले अघि भने, ‘स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने ? सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’

अति जान्ने सुन्ने अजासुहरुले संवैधानिक इजलासले हुँदैन भनेको भन्दै चर्को आलोचना गरे । प्रधानमन्त्री ओलीले अघि भने, ‘उहाँहरुले जे भन्यो, त्यही हुनुपर्ने हो भने अदालत किन चाहियो ?

प्रधानमन्त्री, केपी शर्मा ओली