Breaking News

निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरूलाई पक्राउ गर्ने कार्य एकदम निन्दनीय छ

२४ पुस, काठमाडौं । आज धनगढीमा प्रधानमन्त्री केपी ओली पक्षीय नेकपाको भेलामा सम्बोधन गर्न गएका ओली सहभागी सो सभामा निर्मला पन्तका बलात्कारी खै भन्ने टिर्सट लगाएर सभामा गएका युवाहरुलाई प्रहरीले पक्राउ गरेपछि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउँदा पक्राउ परेकाहरूलाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।

आज धनगढीमा आयोजित कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएको भन्दै प्रहरीले पक्राउ गरेका सात युवा रिहा गर्नुपर्ने उनको माग छ ।

न्यायको माग राखेर शान्तिपूर्ण प्रदर्शन गरेकालाई पक्राउ गर्नु लोकतान्त्रिक मुख्य मान्यता विपरीत रहेको देउवाको ठहर छ ।

‘धनगढीमा निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरूलाई पक्राउ गर्ने कार्य एकदम निन्दनीय छ,’ पूर्वप्रधानमन्त्री देउवाले ट्विटरमा लेखेका छन्, ‘दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेको नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्यरमान्यता विपरीत हो, पक्राउ परेकालाई तत्काल रिहाइ गर्न माग गर्दछु ।

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री , शेरबहादुर देउवा