अब ट्रम्पको हालत के हुन्छ रु यो प्रश्न निकै पेचिलो बनेको छ

एजेन्सी

२४ पुस, काठमाण्डौ ।अमेरिकाको राजधानीमा शुक्रबार संसद् भवनमा जे भयो, त्यसका लागि धेरैजसो मानिसहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिम्मेवार ठहर गरिरहेका छन् । अमेरिकी सञ्ञ्चारमाध्यम ‘द हिल’ मा प्रकाशित एक रिपोर्टअनुसार २ सयभन्दा धेरै सांसदहरु ट्रम्पलाई महाभियोग लगाउन वा उनलाई संवैधानिक रुपमै हटाउन चाहन्छन् । केही मानिसहरु भड्काउ भाषणका लागि ट्रम्पलाई जेल पठाउनुपर्ने तर्क पनि गरिरहेका छन् । अब ट्रम्पको हालत के हुन्छ रु यो प्रश्न निकै पेचिलो बनेको छ । केही ह्वाइट हाउसपछि उनको नयाँ ठेगाना जेल हुन्छ रु वा उनले आफ्नो कार्यकालमा बचेका १२ दिन पूरा गर्नेछन् रु यी प्रश्नहरुको सम्भावित जवाफ यस्तो हुनसक्छ ।

१२ दिन कुर्सीमा रहन्छ वा रहदैंनन् :

अमेरिकामा नयाँ राष्ट्रपतिले २० जनवरीमा सपथ लिन्छन् । अमेरिकी संविधानको २५ औं संशोधनअनुसार राष्ट्रपतिलाई क्याविनेटले पदबाट हटाउनसक्छ । यसमा क्याविनेटको बहुमत र उपराष्ट्रपतिको समर्थन चाहिन्छ । सिएनएनको रिपोर्टका अनुसार ट्रम्पको क्याबिनेटका सदस्यहरु उनको भड्काउ भाषण नै संसद् हमलामा सर्वाधिक जिम्मेवार भएको ठान्छन् । ट्रम्पलाई हटाउने विषयमा छलफल पनि सुरु भइरहेको छ ।

त्यसो भए के ट्रम्पले कार्यकाल पूरा गर्न पाउँदैनन् रु सीएनएनको रिपोर्टअनुसार ट्रम्पमाथि महाभियोग लगाउन अप्ठ्यारो छ । उनलाई हटाउन पनि मुस्किल छ किनकि उपराष्ट्रपति माइक पेन्स उनकै पक्षमा खडा छन् । ट्रम्पले बिहीबार उनलाई खुबै गाली गरेपनि ।

पेन्सले ट्रम्पलाई किन बचाउँदैछन् :

बिहीबारको घटनालाई पेन्सले अमेरिकी इतिहासको कालो दिन भनेका छन् । यद्यपि, ट्रम्पमाथि महाभियोग लागोस् वा उनी कुुर्सीबाट हटुन् भन्ने पेन्सको चाहना छैन । किनकी, यस्तो भयो भने रिपब्लिकन पार्टीको साखमा कालो धब्बा लाग्नेछ । दोस्रो, कुरा चार वर्षपछि पेन्स आफैं राष्ट्रपतिको उम्मेदवार पनि हुन सक्छन् । यदि आज ट्रम्पविरुद्ध उनले कुनै कदम चाले भने भोली उनले पार्टीमा ट्रम्प समर्थकहरुको विरोध सामना गर्नुपर्ने हुन्छ ।

जेल सजाय हुनसक्छ :

युएसए टुडेको रिपोर्टअनुसार बिहीबारको हिंसा ट्रम्पको भड्काउ भाषणकै कारण निम्तिएको थियो भन्नेबारे अमेरिकी जाँच एजेन्सीहरुसँग पर्याप्त प्रमाण छ । कोर्लेल ल इन्स्टिच्युटका प्रोफेसर डेभिड ओह्लिन ले भने, ‘हिंसाका ालगि ट्रम्प नै जिम्मेवार छन् । उनले अपराध गरेका छन् र उनीविरुद्ध मुद्दा चल्नुपर्छ ।’

जर्ज वासिङटन ल युनिभर्सिटीका डिन फ्रेडरिक लरेन्सको भनाई पनि यही छ । कार्यवाह अटर्नी जनरल माइकल शेरविनले भनेका छन्, ‘जो जिम्मेवार छन् । उनलाई बचाइनेछैन ।’ यो भन्ने कुरा भयो । यदि तथ्य नियाल्ने हो भने दुुई कुरा आउँछन् । राष्ट्रपतिको हैसियतमा ट्रम्पसँग दुुई ‘ट्रम्प कार्ड’ छन् ।

पहिलो–राष्ट्रपतिका रुपमा कुनै गल्तीका लागि उनी आफैंले आफुलाई माफी दिन सक्छन् । दोस्रो– यदि माफी मिलेन भने पनि मुद्दा लामै चल्नेछ । र, कानूनी त्रुटीहरुको फाइदा उठाएर ट्रम्प बच्नसक्ने सम्भावना यथावत् छ । उनीविरुद्ध सिधा प्रमाण पनि छैन, जसबाट यो प्रमाणित हुन सकोस् कि उनले समर्थकलाई हिंसा मच्चाउन निर्देशन दिएका हुन् । साक्षी भेट्न मुस्किल छ ।