२४ पुस, काठमाण्डौ । कर्णाली करिडोरमा संचालन भईरहेका सबै खाले यातायात साधनहरुमा अनिवार्य भाडादर टाँस्नुपर्ने छ । आज कालिकोटको सदरमुकाम मान्मा मा बसेको जिल्लास्तरीय सर्वदलिय बैठकले यस्तो निर्णय गरेको हो ।
करिडोरमा संचालित यातायात व्यावसायीहरूले यात्रुबाट मनपरि भाडा असुुलेको गुनासो आएपछि यातायात समिति, जिल्लाका राजनीतिक दल, नागरिक समाज, पत्रकारहरूबीच भएको सर्वदलीय बैठकले अब देखि कर्णाली करिडोरमा संचालनमा आएका याताया साधनहरुमा अनिवार्य रूपमा भाडादर टाँसेर तोकिएको भाडादर लिन र मनपरी भाडा लिएमा रूट परर्मिड समेत खारेज गर्ने निर्णय गरेको छ ।
कर्णाली करिडोरमा अहिले संचालनमा ३० वटा जिप र २६ वटा मालवाहक ट्रक संचालनमा छन्, केही आधिकारिक रूपमा संचालन अनुमति पाएर संचालनमा छन भने, केही सवारी साधन अनुमति नपाएरै संचालन भएकाले एक हप्ताभित्र अनुमति बिना चलेका सवारी साधनले, प्रक्रियामा जान समय दिएको छ ।
बैठकले यात्रुको मर्कालाई मध्याजर गर्दै अर्काे बैठकमा करिडोरमा मिनिबस संचालन गर्ने पनि निर्णय गरेको छ ।
बैठकका निर्णय अनुसार एक यात्रुको साथमा रहेको २५ किलो सम्मको सामानको भाडा नलिने, र २५ किलो भन्दा माथि सामान भएमा सामानको भाडा लिन सवारि साधनलाई निर्देशन दिएको छ ।
त्यस्तै बैठकले, लालिघाटदेखि रास्कोट, जारकोट, भुराबगर नरहरिनाथ, शान्नि तिवेणी गाउँपालिकामा सम्म संचालन हुँने सवारी साधनले आफ्नो समय अनुसार यात्रु नभरिए पनि पुग्ने ठाउँमा गुड्नै पर्ने, निर्णय समेत गरेको छ ।
बैठकले नरहरिनाथ गाउँपालिका र शान्नि तिवेणि गाउँपालिकामा पनि नियमित सवारि संचालन गर्ने निर्णय गरेको छ । यो भन्दा अगाढि, संचालनमा रहेका नीजि गाडिले मनपरि भाडा र सडक भएर पनि यातायात नचल्दा सर्वसाधरणदेखि अन्य भइपरी समयमा दुख पाईरहेकाले नरहरिनाथ र शान्नि तिवेणि गाउँपालिकामा गाडि नियमित संचालन गर्ने निर्णय भएको छ ।
त्यस्तै नीजि गाडिले अबदेखि रिर्जव भएमात्र संचालन गर्न पाउने, सामान र टिकट काटेर यात्रु बोक्न नपाउने पनि निर्णय भएको छ ।
साथै बैठकमा मान्मा बजारभित्रका सडकमा निर्माण सामाग्री र पशु चौपाय छाडा छोड्न नपाउने भएको छ । सदरमुकाम मान्म बजारमा उत्पन्न चरम खानेपानीको अभावका बिषयमा पनि बैठकमा घनिभूत कुरा उठेको थियो ।