पचालझरनाका पुराना काँग्रेस नेता (हुलागी) नेकपामा प्रवेश

२३ पुस, जारकोट, कालिकोट । नेकपा फुटको स्थितिमा पुगेपछि अहिले दुई धारमा देखिएको छ । यसैकै संगठन विस्तार क्रममा नेकपा प्रचण्ड माधव पक्षको पचालझरनामा गरिएको अगुवा कार्यकर्ता भेलामा काँग्रेसी नेता बिष्णुलाल न्यौपाने (हुलागी) नेकपा प्रचण्डमाधव समूहमा प्रवेश गरेका छन् । पचालझरनाको कार्यालय जारकोटमा आज भएको नेकपाको कार्यकर्ता भेलामा लामो काँग्रेसी राजनीतिक त्यागेर नेकपामा प्रवेश गरेका छन् ।

२०६४ मा भएको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट पचालझरना ४ वडाबाट वडाध्यक्ष समेत उठेका न्यौपाने एक सामाजिक अभियन्ता पनि हुन । उनी ठेकेदारका साथै पालिकाभित्र विकास निर्माण सम्बन्धी कार्यमा समेत सक्रिय छन् ।

काँग्रेस छोडेर नेकपामा प्रवश गर्ने क्रममा आफु सहित करिव दर्जनबढी नेकाँ कार्यकर्ता लिएर नेकपामा प्रवेश गरेका छन् । उनको नेकपा प्रवेशसँगै पचालझरनामा नेकाँमा ठूलो क्षति पुग्नुका साथै आगामी चुनावमा समेत धक्का पुग्ने बुझिएको छ ।