२३ पुस, काठमाडौं । दुई धारमा देखिएको नेकपाको प्रधानमन्त्री ओली अध्यक्ष र हेका नेकपाले सुदुरपश्चिम प्रदेश कमिटी विस्तार गरेको छ ।
सो समूहले प्रदेश ईञ्चार्ज रहेका भीम रावललाई कारबाही सिफारिस गर्दै प्रदेश कमिटी विस्तार भएको छ ।
भिम रावल भने नेकपा प्रचण्ड(नेपाल पक्षमा हुन् ।
प्राप्त समाचार अनुसार प्रदेश कमिटीको चौथो विस्तारित बैठकले हिजो बुधबार प्रदेश कमिटी विस्तार गरी पाँच सय ५१ सदस्यीय बनाएको छ ।
सुदुरपश्चिम प्रदेश संयोजकमा ओली पक्षले लेखराज भट्टलाई प्रमुख बनाएको छ । प्रदेश अध्यक्ष भने कर्णबहादुर थापा छन् । थापाकै अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटी विस्तार गरेको छ ।