हरितारा चलचित्र पुरस्कार २०७५ बाट अभिनेता कृष्ण मल्ल र विशिष्ठ चलचित्रकर्मी नाट्यकर्मी तथा अभिनेता मदनदास श्रेष्ठ प्रदान

२२ पुस, काठमाण्डौ । आज राजधानीमा आयोजित एक कार्यक्रमका बीच अभिनेता कृष्ण मल्ल र विशिष्ठ चलचित्रकर्मी नाट्यकर्मी तथा अभिनेता मदनदास श्रेष्ठलाई ‘हरितारा चलचित्र पुरस्कार २०७५’ प्रदान गरिएको छ ।

चलचित्र बिकाश बोडका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्कालागायतले उनीहरुलाई सो पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको राशी जनही रु. २५,०००।– रहेको छ ।

त्यस्तै कार्यक्रममा २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई प्रदान गरियो । ढंगानाले पनि नगद रु. २५,०००।– सहित पुरस्कार प्राप्त गरेका हुन् ।

वि.सं.२०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी)ले आफु र आफ्ना पति हरि शमशेरको नाममा अक्षय कोष राखी स्थापना गरेको सुरु गरेको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्र कै पहिलो पुरस्कार हो ।

कार्यक्रममा वि.सं.२०७६ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सञ्चारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई प्रदान गरिएको छ । श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही दश–दश हजार रुपैयाँ रहेको छ ।

त्यस्तै कार्यक्रममा ‘परिवर्तन सम्मान २०७६’ बाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, निर्देशक र अभिनेता विश्वदीप घिमिरे र निर्देशक, अभिनेता, सञ्चारकर्मी माधवराज खरेललाई सम्मानित गरिएको थियो ।

पुरस्कार तथा सम्मानित ब्यक्तिको चयन मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी शान्तिप्रियले गरेका थिए ।

यस अघि हरितारा चलचित्र पुरस्कार महजोडी, शिव श्रेष्ठ, विश्व बस्नेत, रविन्द्र खड्का, रमेश बुढाथोकी, भुवन थापा, करिष्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापालगायतले पाइसकेका छन् ।