अमर्यादित, छाडा शब्द र कोही कसैलाई उधृत नगरी पत्रकारिता गर्न प्रेस काउन्सिल नेपाललको आग्रह

२२ पुस, काठमाण्डौ । आजभोली बजारमा विभिन्न मिडियाहरुले समाचार सम्प्रेषणमा मर्यादित प्रेसको भावना नदेखिएको भन्दै प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता बाहिर रहेर पत्रकारिता नगर्न आग्रह गरेको छ ।

आज काउन्सिलले एक अपिल जारी गर्दै पछिल्लो समय सत्तारुढ दल नेकपामा देखिएको राजनीतिक विभाजनको असर मिडियामा पनि देखिएको र समाचार तयारु गर्दा गालीगलौज तथा एकअर्काको व्यक्तित्व र आत्मसम्मानको समेत ख्याल नगरिएको भन्दै ध्यान दिन अपिल गरेको छ ।

काउन्सिलले सञ्चारमाध्यमलाई जिम्मेवार बन्न आग्रह गर्दै समाचारमा सभ्य, मर्यादित र शिष्ट भाषाको प्रयोग गर्न अपिल गरेको छ । अमर्यादित र छाडा शब्दहरु कोही कसैलाई उधृत गरेरसमेत प्रयोग नगर्न उसले अपिल गरेको हो ।