‘प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक छ, अलोकतान्त्रिक छ । संविधानअनुसार यसो गर्न मिल्दैन । यो कुरा सिधा अदालतलाई भन्नुपर्छ

कांग्रेस वरिष्ठ नेता, रामचन्द्र पौडेल

२१ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतलाई सिधा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भन्नुपर्ने बताएका छन् ।

अदालतमा भएका मुद्दाबारे बोल्न हुने कि नहुने भन्ने बहस चलेको भन्दै उनले आफूहरू मुद्दाको एक पक्ष भएकोले वकालत र जिकीर गर्न पाउने भएकोले बोल्न मिल्ने तर्क गरेका छन् ।

‘मोही माग्ने ढुङ्ग्रो लुकाउनेजस्तो गर्नु हुँदैन,’ जनता समाजवादी पार्टीले आज बानेश्वरमा गरेको अन्तर्क्रिरयामा पौडेलले भने, ‘प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक छ, अलोकतान्त्रिक छ । संविधानअनुसार यसो गर्न मिल्दैन। यो कुरा सिधा अदालतलाई भन्नुपर्छ ।’

राष्ट्रपति र प्रधानमन्त्री मिलेर असंवैधानिक तरिकाले प्रतिनिधि सभा भंग गरिएको पौडेलको भनाइ छ ।

‘अब न्यायलय र न्यायमुर्तिहरूबाट संसद पुनर्स्थापना हुन्छ भने आशा छ,’ उनले भने, ‘संविधानको अक्षर र भावना ध्यान दिएर फैसला हुनुपर्छ ।

उनले अदालतमा यसबारे मुद्दा रहे पनि फैसला हुनुभन्दा अगाडि बोल्न मिल्ने बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीले जवरजस्ती गरेकोले त्यो लोकतन्त्रमा मान्न नहुने बताए । प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधि सभा भंग गरेका थिए ।