नेपाली सेनाद्धारा करिब तीनसय जना कर्मचारी माग

२१ पुस, काठमाण्डौ । नेपाली से विभिन्न पदमा जागिर खुलाएको छ ।
मागेका पदहरुमा लेखा जमदार, पूजारी हुद्दादेखि धोबीसम्म विभिन्न पदमा सोमबार सूचना निकालेर दरखास्त खुलाएको गरेको हो ।

लेखा जमदारमा ५० जनाको माग भएको छ । जसमा खुल्लातर्फ २७ जना छन् भने अरू समावेशीतर्फ माग भएको छ ।

पूजारी हुद्दा पदमा चार जनाको माग भएकोमा खुल्लातर्फ २ जना छ ।
अमल्दार कर्मचारीमा खुल्लातर्फ २८ जना माग भएको छ । समावेशीसमेत गरी यस पदमा ५३ जना माग गरेको हो ।

सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाहीतर्फ माग भएको छ । खुल्लातर्फ ५० र समावेशी गरी कूल ९६ जनाको माग भएको जंगी अड्डाले जानकारी दिएको छ ।

यस्तै सुचिकार खुल्लातर्फ ६ र समावेशी गरी कूल १० जना माग भएको हो ।

कुचिकार पदमा भने खुल्लातर्फ २८ र समावेशी गरी कूल ५३ जना माग भएको छ ।

चर्मकर्मी खुल्लातर्फ ६ जना र समावेशीसमेत गरी कूल ११ जना मागेको छ ।

जंगी अड्डाले लोहकार खुल्लातर्फ चार जना मागेको छ भने समावेशीसमेत गरी यस पदमा ८ जना माग भएको छ ।

खुल्लातर्फ १ जना धोबीसमेत गरी कूल २ जना धोबी मागेको छ ।

खुल्लातर्फ १ र समावेशीमा एक गरी २ जना केशकर्तक माग भएको जंगी अड्डाले जानकारी दिएको छ ।

सयस खुल्लातर्फ ३ र समावेशी २ गरी कूल ५ जना माग गर्दै अड्डाले आवेदन खुला गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरूले दश रूपैयाँको टिकट टाँसेर दरखास्त गर्न सक्छन्। फारम नेपाली सेनाले निःशुल्क उपलब्ध गराउनेछ। यसबारे अड्डाले आजको गोरखापत्रमा सूचना निकालेर विस्तृत जानकारी दिएको छ ।

दरखास्त पुस २१ गतेदेखि माघ २१ गतेभित्र भरिसक्नुपर्ने अड्डाले जनाएको छ ।