गण्डकी प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङ र लुम्बीनी प्रदेश इन्चार्जबाट शंकर पोखरेललाई जिम्मेवारीबाट हटाइयो

२० पुस, सुर्खेत । नेकपाको प्रचण्ड– माधव समूहको आज पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङ र लुम्बीनी प्रदेश इन्चार्जबाट शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ ।

बैठकले उनीहरुको ठाउँमा गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकिएको छ ।

प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् । ओली समूहले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ ।

सोमबारको स्थायी कमिटी बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका थिए ।