स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ

२० पुस, काठमाण्डौ । स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित एकजना भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।

कपिलबस्तुबाट निजी गाडीमा काठमाडौं आएका ३० वर्षीय अमित कुमार गुप्तालाई प्रहरीले आज बिहान चार बजेतिर पक्राउ गरेको
हो । उनी सवार गाडी चलाउने चालकलाई पनि प्रहरीले पक्रेको छ ।

प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारभित्र ३ वटा झोलामा लुकाई राखेको अवस्थामा रकम बरामद भएको थियो ।
पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कार चालक कपिलबस्तु बाँणगंगा नगरपालिका–४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् ।