पछिल्लो २४ घन्टामा थप ४२१ जनाका कोरोना भाइरस संक्रमण

१९ पुस, काठमाण्डौ । आज मुलुकभरमा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५४ हजार ४९४ संक्रमणमुक्त भएका छन् भने १८७८ जनाको मृत्यु भएको छ ।
हाल ५४८७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १९६६ जना होम आइसोलेसनमा छन् भने १९९ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।