राष्ट्रियसभाका एक सांसद र ५ कर्माचारीमा कोरोना भाइरस संक्रमण पुष्टि

१७ पुस काठमाण्डौ । हिजो बिहीबार स्वाब परीक्षण गराएका राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संसद सचिवालय स्रोतका अनुसार बिहीबार स्वाब परीक्षण गराएका ४४ सांसदमध्ये १ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै बिहीबार नै स्वाब परीक्षण गराएका ५६ जना कर्मचारीमध्ये ५ जनामा पनि संक्रमण पुष्टि भएको सचिवालय स्रोतले जनाएको छ ।
राष्ट्रियसभाको हिउँदे अधिवेशन आज अहिले ४ बजे शुक्रबार सुरु हुँदैछ ।