सेवा आयोगको ले खुला तथा समावेशी प्रतियोगिता अन्तर्गत प्रशासनिक र प्राविधिक पदहरूको लिखित परीक्षा माघ २५ गतेदेखि सुरू

१६ पुस, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको ले खुला तथा समावेशी प्रतियोगिता अन्तर्गत प्रशासनिक र प्राविधिक पदहरूमा मंसिर १५ मा गरेको विज्ञापनअनुसार दरखास्त स्वीकृत भएका उम्मेदवारको लिखित परीक्षा माघ २५ गतेदेखि सुरू गर्ने भएको छ ।

माघ २५ देखि फागुन २३ गतेसम्म पदअनुसार लिखित परीक्षा हुने गरी आयोगले आज सूचना निकालेर तालिका सार्वजनिक गरेको हो।

आवेदन दिएकामध्ये त्रिवि कर्मचारीको नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम २०७३ (२०७६ को संशोधनसहित) मा भएको व्यवस्थाअनुसार दरखास्त स्वीकृत भएकाहरू मात्रै परीक्षामा सहभागी हुन पाउँछन् ।

आयोगका अनुसार परीक्षा केन्द्र ईञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा हो ।

आयोगले ५० भन्दा बढी पदका लागि दरखास्त आह्वान गरेको
थियो ।
जततउकःररधधध।तगकभचखष्अभअयmmष्ककष्यल।भमग।लउर मा प्रकाशित गरिएको आयोगले जनाएको छ ।

एकभन्दा बढी पदमा आवेदन दिएका उम्मेदवारको परीक्षा एकै दिन परेमा पुस मसान्तभित्र आयोगको कार्यालयमा लिखित निवेदन दिन सकिने आयोगको भनाइ छ ।

प्रवेश पत्र माघ १५ गतेदेखि आयोगको वेवसाइटबाट प्रिन्ट गर्न सकिनेछ । परीक्षा दिन जाँदा अनिवार्य सक्कल नागरिकता ल्याउनुपर्ने आयोगले बताएको छ ।