दुई तिहाइ केन्द्रीय सदस्य निर्वाचन आयोगमा उपस्थित हुन तयार

अध्यक्ष प्रचण्ड

१० मंसिर, काठमाण्डौ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ले दुई तिहाइ केन्द्रीय सदस्य निर्वाचन आयोगमा उपस्थित हुन तयार रहेको बताएका छन् ।

बहुमत केन्द्रीय सदस्यसहित शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलका क्रममा दाहालले यस्तो बताएका हुन् ।

उनले केन्द्रीय कमिटी बैठकमा ३१५ जना उपस्थित भएको जानकारी आयोगलाई गराउँदै दुई तिहाइ केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नसमेत तयार रहेको बताए ।