Breaking News

रत्नपार्कमा एक अपचित युवतीलाई लिफ्ट दिएका मोटरसाईकल चालक चोभारमा गएर लुटिए

९ मंसिर, काठमाण्डौं । मोटरसाइकल सवारमा कलङ्की जाँदै गरेका सिन्धुलीका भोलाबहादुर जर्घामगरलाई एक अपरिचित युवतीले ‘लिफट्’ मागिन् । ०७७ साउन ८ मा रत्नपार्कमा लिफ्ट माग्ने युवतीलाई भोलाले लिफ्ट दिए, मोटरसाइकलमा चढ्नुअघि सोधे–‘कहाँ जाने ?

युवतीले भनिन्–‘चोभारसम्म छाडिदिनु नँ । चोभार पुगेपछि भोला छाँगाबाट खसेजस्तै भए । पहिलेदेखि नै त्यहाँ ग्याङ बनाएर बसेका युवाहरुले उनलाई नियन्त्रणमा लिए । फलामे रड देखाएर लुट्न थाले ।

सिन्धुलीको कमलामाई नगरपालिका–२ घर भएका जर्घामगरको साथबाट ६ तोला सुनको सिक्री, मोवाईल २ वटा र पैसा लुट्ने समूहका लालबहादुर श्रेष्ठ उर्फ सागरलाई प्रहरीले पक्रेको छ । दोलखा सैलुङ घर भएका लालबहादुरलाई लामो प्रयासपछि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) ईश्वर कार्कीले बताएको ।

लाल बहादुरसहितको सो समूहले युवतीलाई प्रयोग गरेर लुट्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरुले जर्घामगरबाट ६ लाख ३५ हजार बराबरको धनमाल लुटेका थिए । डकैतीमा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको एसपी कार्कीले बताए ।