Breaking News

मेसीले पेलेको रेकर्ड तोडे

८ मंसिर, काठमाण्डौ । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले ब्राजिलका महान् खेलाडी पेलेको रेकर्ड तोडेका छन् ।

मेसीले ला लिगाअन्तर्गत मंगलबार भएको खेलमा रियल भालडोलिडविरुद्धको खेलमा गोल गर्दै पेलेको रेकर्ड तोडेका हुन् ।

खेलमा बार्सिलोना ३–० ले विजयी भयो। मेसीले ६५ मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए ।

गत शनिबार मेसीले एउटै क्लबका लागि पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानसँग बराबरी गरेका थिए ।
गत शनिबार बार्सिलोनाका लागि करियरको ६४३औं गोल गर्दै मेसीले उक्त कीर्तिमान बराबरी गरेका थिए ।

मंगलबार गोल गरेसँगै मेसीले करिअरको ६४४औं गोल गरे र पेलेको कीर्तिमानलाई पछि पारे ।

पेलेले ब्राजिलियन क्लब सान्तोषमा १८ वर्ष बिताउँदै ६५६ खेलमा ६४३ गोल गरेका थिए ।

सन् २००४ मा डेब्यू गरेयता पुरै करिअर बार्सिलोनामा बिताएका मेसीले १० लिग उपाधि, ४ च्याम्पियन्स लिग उपाधिसहित ३४ मुख्य उपाधि जितेका छन् ।

उनले सर्वाधिक ६ वटा बालोन डि ओरको उपाधि पनि जितेका छन् ।