ओलीका आजका तीन महत्वपूर्ण राजनीतिक भेट तर उपलब्धि के ?

४ पुष, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ठुलै दौडधुप र सक्रियता बढाएका छन् । ओलीले आजै महत्वपूर्ण तीन वटा राजनीतिक भेटघाट गरे ।

प्राय भेटघाट बालुवाटारमै गर्ने उनले आज भने बालुवाटारमा नभएर बिहान ११ बजे पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई भेट्न ललितपुरको खुमलटार पुगेका थिए भने साँझ पख राष्ट्पति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास पुगेका
थिए ।

साँझपख मात्र शीतलनिवास पुगेका ओली र राष्ट्पति भण्डारीबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बुझिएको
छ । यसअघि आजै बिहान खुमलटारबाट बालुवाटार फर्कदा ओली मन्त्रीहरुको निवास पुल्चोकस्थित गृहमन्त्रीसहित अन्य चार मन्त्रीहरुसँग समेत भेटवार्ता गरेका थिए ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला ओलीको दौडधुपलाई अर्थपुर्ण रुपमा लिइएको छ ।
त्यसपछि उनको चौतर्फी आलोचाना हुनुका साथै अध्यादेश फिर्ता लिन दवाव परेको छ । नेकपाले उक्त अध्यादेश फिर्ता गर्न निर्देशनदिएपनि प्रधानमन्त्री ओलीले राजनीतिक सहमति नजुट्दासम्म फिर्ता नलिने बताउदै आएका छन् ।

सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै नेकपाको एक समूहले उनको बहिर्गमनको माग गरिरहेको छ । तर, उनले त्यसलाई रोक्न अनेक उपायहरु अपनाएपनि असफल हुदै आएका छन् ।