दलाल संसदीय ब्यबस्थाको बिकल्प नत राजतन्त्र, नत काँग्रेसतन्त्र

क. बिराट

२४ मंसिर, कालिकोट । विप्लव निकट नेकपा कालिकोटको एरिया न १ मा राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एरिया ईन्चार्ज क. कमल बटालाको अध्यक्षता सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा जिल्ला ईन्चार्ज क. बिराटको प्रमुख आतिथ्यता र ब्युरो सदस्य क. बलवान तथा जिल्ला सेक्रेटरी क. रणदीप, जनसरकार प्रमुख क.अर्जुन, सचिवालय सदस्य क. राधिका लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती मा सम्पन्न कार्यक्रममा रुप्सा कुमालगाउ, कोडबाडा , लालु र माल्कोट का पार्टी सदस्य हरुको उपस्थितीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएएको छ । उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि क. बिराटले दलाल संसदीय ब्यबस्थाको बिकल्प नत राजतन्त्र, नत काँग्रेसतन्त्र भएको बताए । विराटले अगाडी भने, यसको बिकल्प बैज्ञानिक समाजवाद हुने ठोकुवा समेत गरे । मालेमावादका असली रक्षक मात्र हैन बिकासका संबाहक हामी र हाम्रो पार्टी हुने धारणा राख्दै क्रान्तिमा हुने दमनको प्रतिरोधका लागि तयार रहन निर्देशन समेत गर्नु भयो ।

 

 

जिल्ला सेक्रेटरी क. रणदीपले जिल्लाको बैठकका योजना सम्पेषण गर्नु का साथै सुदृढपार्टी निर्माण गर्ने दाहित्व बहन गर्ने बेला आएको धारणा राख्नु भयो । साथै ब्युरो सदस्य क. बलवानले नेकपा पार्टीले एकीकृत जनक्रान्तिले सुम्पेको अभिभारा पुरागरेको र निरन्तर गर्नेमा आफु बिस्वस्थ रहेको धारणा राख्नु भयो । सो राजनीति प्रशिक्षणमा कार्यक्रममा करिव २५० जना नेता तथा कार्यकर्ताको सहभागीता रकेको थियो ।