दोस्रो विवाह गर्दै मनोज गजुरेल

२२ मंसिर, काठमाण्डौ । कलाकार मनोज गजुरेलले दोश्रो विवाह गर्न लागेको छन् । उनले आफू छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको एक संचारमाध्यममा बताएका छन् ।

’तपाईंहरूले जे सुन्नुभयो त्यो सत्य हो, बाँकी कुरा समय आएपछि सार्वजनिक गर्नेछु’, बताए ।

कोसँग विवाह गर्दैछन् भन्ने कुरा अहिले नै सार्वजनिक नगर्ने पनि उनले बताए ।

’केही व्यवहारिक पाटोको टुङ्गो लगाएपछि बाँकी कुरा सार्वजनिक गर्छु’, उनले भने।

विवाह गरेको २२ वर्षपछि २०७४ सालमा मिना ढकालसँग पारपारचुके भएको थियो ।