अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदै

१८ मंसिर, काठमाण्डौ । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिन लागेकी छन् ।

मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।

उनीहरू दुबै केही समयदेखि प्रेममा थिए ।

सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन् ।

विवाहमा दुई परिवार निकट सदस्यको मात्र उपस्थिति हुने छ ।

यसअघि मंसिर ५ गते उनको विवाह हुन लागेको खबर सार्वजनिक भएको थियो जसलाई उनले आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै खण्डन गरेकी थिइन् ।

’कहाँ भेटिएला’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताको यो दोश्रो विवाह हो । यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो ।