ओली बैठकमा अनुपस्थित अर्को बैठक २० गते

१७ मंसिर, काठमाडौं । आजल बसेको नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बोलाइएको बैठकमा अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनका अनुसार बैठकले पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समस्याका लागि प्रधानमन्त्रीको उपस्थितिमा छलफल गर्नु आवश्यक र उपयुक्त हुने निष्कर्ष निकालेको छ । साथै आगामी बैठकमा ओलीको अनिर्वाय उपस्थितको अपेक्षासहित बैठकमा आउन अनुरोध गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।

यससँगै भोलिका लागि तय भएको स्थायी कमिटी बैठक पनि प्रभावित भएको छ । स्थायी कमिटी मंसिर २१ मा बस्नेछ ।