चक्कु प्रहारबाट एक युवकको मृत्यु

१६ मंसिर, रौतहट । रौतहट वृन्दावन नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय नन्दकिशोर रामको चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममाः गए राति मृत्यु भएको हो ।

सोमबार बेलुकी आफ्नी काकी ललिता देवीलाई छिमेकी लाले रामले मादक पदार्थ सेवन गरी गालीगलौज गरेकोमा नन्दकिशोरले पनि लाले रामकै पक्ष लिएको भन्दै भनाभन भएको थियो ।

झै–झगडा शान्त भइसकेको केही वेरमा भान्छाको चक्कु लगेर रविले नन्दकिशोरको पेटमा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घाइते नन्दकिशोरलाई एपोलो अस्पताल चन्द्रपुरमा उपचार गर्न लगिएकोमा उनको गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रहरीले चक्कु प्रहार गर्ने रविलाई नियन्त्रणमा लिइ सकेको छ ।