टोखा, बुढानीलकण्ठ र गोकर्णेश्वरका विभिन्न क्षेत्रमा आज दिनभर बिद्युत सप्लाइ बन्न हुने

१६ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पोल सार्नेलगायत काम गर्न लागेका कारण आज दिउँसो काठमाडौंका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्ने भएको छ ।

बालाजु वितरण केन्द्रका अनुसार काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिका क्षेत्रको विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्न लागिएको छ ।

दिउँसो ११ बजेदेखि २ बजेसम्म गोंगबु, बालुवाटार, बुढानिलकण्ठ, धापासीलगायत क्षेत्रमा विद्युत सप्लाइ बन्द हुने बालाजु वितरण केन्द्रले सूचना निकालेर जानकारी गराएको हो ।

‘रिङरोड विस्तार कार्यका लागि महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत रिङमेन महराजगञ्ज फिडर १ र २ भित्रको एचटि ११००० भोल्ट लाइन तथा पोल सार्ने कार्य गर्नुपर्ने भएको हुँदा काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द हुनेछ,’ सूचनामा भनिएको छ ।

यस्तै वानेश्वर वितरण केन्द्रले पनि विभिन्न स्थानमा मंगलबार र बुधबार विद्युत सप्लाइ बन्द गर्ने भएको छ ।

मंगलबार र बुधबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म विद्युत सप्लाइ बन्द गरिने वानेश्वर वितरण केन्द्रले जनाएको छ ।

माइती नेपाल, संडोल, नयाँपाटी, नाम्गेल, सुन्दरीजल वीपीचोक र आसपासका क्षेत्रमा विद्युत सप्लाइ बन्द गर्न लागिएको हो ।