डा.योगेन्द्र कुमार कार्की सहित ३ जना सहसचिवलाई सचिवमा बढुवा

११ मंसिर, काठमाण्डौ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा हिजो बसेको बैठकले सहसचिवहरु सुरेश आचार्य, गोकर्ण दवाडी र डा.योगेन्द्र कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

जेष्ठताका आधारमा उनीहरुलाई सचिवमा बढुवा गरिएको बताइएको छ ।