ताजा खबर

ललिता निवास प्रकरणमा विशेष अदालतमा हाजिर भएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटे

८ मंसिर, काठमाण्डौ । बालुवाटार भित्रको ललिता निवास प्रकरणमा विशेष अदालतमा हाजिर भएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको
थियो । पूर्व भूमिसुधारमन्त्री जोशी सोमबार अदालतमा हाजिर भएका थिए । उनी सोमबार नै साधारण तारेखमा छुटेका छन् ।