भाइरल भएको हुट्क्यौली गित र कर्णाली संस्कृति

“बरु बनेइ बाज नबनेइ कुखुरी चल्ला”

७ मंसिर, काठमाण्डौ । विकट कर्णालीको कालिकोटस्थित लालुमा जन्मेर नेपाली संगीतिक दुनियाँमा कर्णाली प्रदेश मात्र नभएर सुदूरपश्चिमा पनि चर्चितका साथै युवाहरुको ढुकढुकीमा बस्न सफल लोकप्रिय गायक महेन्द्र शाही (रास्कोटी) ले गाएको हुट्के नाचको “बरु बनेइ बाज नबनेइ कुखुरी चल्ला” बोलको गीत आजभोलि सुदूरपश्चिम र मध्यपश्चिमका हरेक मान्ठ (मान्छे) का मुख र सामाजिक संञ्जाल फेसबुकबाट टिकटिकको रुपमा बहु चिर्चित हुनुका साथै भाइरल नै बनेको छ ।

गायक रास्कोटीका यो भन्दा पहिला दर्जनौ गीतका एल्बम आए पनि यसरी भाइरल भने भएको थिएन । तर पनि अरु एल्बम स्तरीय र लोकप्रिय हुनुका साथै सफल भएकै छन् । तर यो हुट्के नाच को गीतले विशेष गरी टिकटक र फेसबुकले बजार नै लिएको छ ।

कर्णालीका साथै सुदूरपश्चिीमेली दर्शको मनमुटुमा बस्न सफल गायक महेन्द्र शाही (रास्कोटी) पछिल्लो समयमा सांगितीक क्षेत्रमा लोकप्रिय बन्दै गएका छन् । यसको श्राय दर्शक नै हुन् । जसले राम्रो गाउँछ, जसले मनछुने गीत प्रस्तुत गर्छ र जसले चित्तबुझ्दो गला फुराउँछ त्यही गायकलाई नै मन पराउँछन् । जो अहिले दर्शकको रोजाई बस्न सफल भएका छन् गाय महेन्द्र शाही
(रास्कोटी) त्यसमा पनि उनी हरेक दर्शकको मनमनमा बस्न सफल समेत भएका छन् ।
रास्कोटीले यो भन्दा पहिला नकू गाउको पैरो , बिनि पाटन जाउ मालिका, डिल्लिकोटैमा, महान मेरी आमा ठाडि भाका, सित्ति मन रोयको छैन, ठाडि भाका होइजाउ राजा रानी ठाडि भाका, त्यसै राम्री टुल्का हुडकेउलि गित, मकन सुर्खेत बोलाइ देउडा खेल भाका र आजभोलि भाइरल भएको हुडकेउलि गीत रहेका छन् ।

नेपाली हुट्के नाच र दौडा गीतको उद्ध्मस्थल नै कर्णाली भए पनि मध्य तथा सुदूरपश्चिममा विशेष रुपमा प्रचलित रहेको छ । तर पछिल्लो समयमा हुडकेउली गित त्यति चर्चामा नरहेको बेला गायक रास्कोटीले खास भाषको जर्गेना गर्दै हुट्के संस्कृतिलाई सांगेतिक क्षेत्रमा बचाई राख्ने जमर्को गरेका छन् तर सो गीत बजारमा नआउँदै प्रिय दर्शकले अत्याधिक मनपराएर भाइरल नै बनाइ सकेका छन् । अहिले प्राय सबैको फेसबुक वालमा सोही गितको टिकटक बनाएर मनोरञ्जनका साथै गितलाई ज्यादै मन पराएको पाइएको छ ।

टिकटकबाट भाइरल भएको सो गीत महावै गाउँपालिकाको प्रस्तुतीको गीतमा स्वर युवा तथा लोकगायक महेन्द्र शाही (रास्कोटी) को रहेको छ भने शब्द केशर बहादुर शिंह (आक्रोश) को, लय धर्मराज शिंह र गायक स्वयमको रहेको छ । महाबै गाउँ पालिकाको प्रस्तुति रहेको गीतको रेकडिङ बिशेष डिजिटल स्टुडियोमा गरिएको छ ।

भिडियो रेकडिङ केही समय देखि हुदैछ । महाबै गाउपालिकाको लगानिमा निर्मण हुन लागेको भिडियोमा अभिनय मोडेल आसा शाहीका साथै लोकल नया नयाँ कलाकारलाई अवसर दिइने गायक रास्कोटीले बताएका छन् । गीतको सुटिङ महाबै को डिल्लिकोटमा हुने छ भने भिडियोको निर्देशन मोडेल आसा शाहीको हुने छ । सुटिङको व्यवस्था गायक महेन्द शाही रास्कोटीले गर्नेछन् र भिडियोको सुटिङको पूर्ण व्यवस्था महाबै गाउपालिका का अध्यक्ष नन्द सिङ र उपाध्याक्ष मनराज शाही तथा सम्पूर्ण पालिका जन प्रतिनिधिको सहयोग हुने गायक रास्कोटीले कदर न्यूजलाई बताउनु भएको छ ।